भारत्तोलनमा आज ४ स्वर्णका लागि खेल हुँदै
पाेखरा | असोज ३१, २०७९
पोखरा । भारत्तोलन अन्तर्गत दोस्रो दिन आज सोमबार ४ इभेन्टमा खेल हुँदै छन् । पोखरा उद्योग वाणिज्य संघका् हलमा भएको प्रतियोगितामा सोमबारका लागि महिला ५५ र ५९ तथा पुरुष ६७ र ७३ केजी तौल समूहमा खेल हुनेछन् ।
कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०/१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् प्रतियोगितामा २० स्वर्णका लागि प्रतिस्पर्धा हँुदैछ ।
उद्घाटनको दिन नेपाल पुलिसले ३ र नेपाल आर्मी १ स्वर्ण जित्न सफल भए । नेपाल पुलिसका मुई लामाले भारत्तोलनमा राष्ट्रिय रेकर्ड कायम गरे । आइतबार राति पुरुष ६१ केजी तौल समूहमा भएको स्पर्धाम स्न्याचमा ९६ केजी भार बहन गरी उनले आर्मीका तुलाराम महताको रेकर्ड तोडेका हुन् । लामाले क्लीन एण्ड जर्कमा ११६ सहित कुल २१२ तौल उठाउँदै स्वर्ण जितेका हुन् ।
रजत जितेका नेपाल आर्मीका राजु चौधरीले क्लीन एण्ड जर्कमा आफ्नै रेकर्ड तोडे । उनको नाममा १२० केजी रहेकोमा आइतबारको स्पर्धामा १२१ केजी तौल भार बहन गर्दै रेकर्ड ब्रेक भएको हो । उनले स्न्याचतर्फ ८७ केजीसहित कुल २०८ भार बहन गरे । प्रतियोगितामा कुल १६८ भार उठाएका मधेश प्रदेशका हेमनारायण यादव काँस्यमा सीमित भए ।
महिला ४९ केजी तौल समूहमा नेपाल पुलिसकी संगीता राई, पुरुष ५५ केजी तौल समूहमा आर्मीका तुलाराम महतो र महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले स्वर्ण जितेका थिए ।
पोखराः पोखरा महानगरपालिका वडा नं १४ स्थित नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजका २५ औं ब्याचका विद्यार्थीको आयोजनामा ‘एनटिएचएमसी फुड फेष्ट २०२६’ हुने भएको छ । हरेक ...
पोखरा: पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार आयोजक पोखरा महानगर खेलकुद विकास समिति...
पोखरा: लेखनाथको पहिचान, स्थानीय उत्पादनको प्रवद्र्धन र आर्थिक चलायमानतासँग जोडिँदै आएको लेखनाथ महोत्सव हाल एक्काइसौँ संस्करणमा आइपुग्दा केवल उत्सव मात्र नभई कृषि, उद्योग र संस्कृतिको साझा मञ्चका रूपमा स्थाप...

